२०८३ साउन १२ मंगलबार

हिउँले ढाकिएको छाङरुमा पहरा गर्दै सशस्त्र

ई आर्थिक    बिहिबार, माघ २२ २०८२
2.1K
Shares
हिउँले ढाकिएको छाङरुमा पहरा गर्दै सशस्त्र

दार्चुला।  कठोर जाडो र भारी हिमपातका बीच पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का सुरक्षाकर्मीहरूले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरू र टिंकर क्षेत्रमा सीमा गस्ती जारी राखेका छन्।

सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिर र डिएसपी फनिन्द्र शाहीको नेतृत्वमा खटिएका सुरक्षाकर्मीहरू शून्य नजिकको तापक्रम, हिमपहिरो र चिप्लो जमिनबीच पनि राष्ट्रको संवेदनशील त्रिदेशीय सीमाको सुरक्षा सुनिश्चित गर्दै आएका छन्। उनका अनुसार, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा निगरानी निरन्तर भइरहेका छन्।

गुल्ममा पानीको अभाव हुँदा खोलाको पानी प्रयोग गरी दैनिक आवश्यकतालाई व्यवस्था गरिएको छ। भौगोलिक विकटता, सडकको अभाव र चिसो मौसमका बाबजुद सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको बताइएको छ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमामा गस्ती र सुरक्षा उपस्थिति कायम राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij