२०८३ साउन १२ मंगलबार

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अस्वीकार

ई आर्थिक    बिहिबार, माघ १५ २०८२
2.7K
Shares
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अस्वीकार

काठमाडौं ।  रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निवेदन अस्वीकार गरेको छ।

जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनको टुंगो लागेपछि मात्रै लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधनको निवेदन पेस गर्न सरकारी वकिलहरुलाई आदेश दिएको हो ।

अदालतले उक्त  विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन भएकाले अन्तिम फैसला नआएसम्म निवेदन कार्यान्वयन गर्न नमिल्ने बतायो ।  रिटमा महान्यायाधिवक्ताको निर्णय ‘गैरकानुनी र स्वेच्छाचारी’ भएको भन्दै रद्द गर्न माग गरिएको छ।

साथै, सहकारी ठगीसम्बन्धी अभियोग भने कायम रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij