२०८३ साउन ११ सोमबार

अखाद्य वस्तु भेटिएपछि दुई उद्योगलाई साढे दुई लाख जरिवाना

ई आर्थिक    मंगलबार, माघ १३ २०८२
2K
Shares
अखाद्य वस्तु भेटिएपछि दुई उद्योगलाई साढे दुई लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग विभागलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले काठमाडौं र ललितपुरको एउटा/एउटा उद्योगलाई जरिवाना गरेको हो ।

विभागले काठमाडौंको नागार्जुन नगरपालिका–४ सितापाइलास्थित स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेकोमा ललितपुर महानगरपालिका–२९ ललितपुरको अयान एग्रो ट्रेडर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।

विभागले ललितपुर महानगरपालिका–८ ललितपुरमा रहेको जुना ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धी कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

विभागले अनुगमनका क्रममा दुई दिनमा २२ वटा उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ ।

विभागले उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij