२०८३ असोज १ बिहिबार

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्ने कांग्रेसको निर्णय

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
4.2K
Shares
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौँ ।  नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार पुस्तान्तरण, विशेषगरी ‘जेन–जी’ पुस्ताको अपेक्षा सम्बोधन गर्न योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको हो।

शर्माले कांग्रेसले अघि सारेको उम्मेदवार अन्य दलका उम्मेदवारभन्दा सक्षम र योग्य रहेको दाबीसमेत गरे।

यसैबीच, नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट नेतृत्वसहित जाने रणनीति लिएको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय औपचारिक रूपमा अनुमोदन गर्ने तयारी छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजै पदबहाली गर्दै बैठक सुरु गर्ने कार्यक्रम तय भएको छ।

यस निर्वाचनका लागि एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij