२०८३ साउन १० आइतबार

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
2.4K
Shares
जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं ।  सरकारले २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ।

यो निर्णय बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो। आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो ।

साथै  मन्त्रिपरिषद्ले  सरकार प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजना अन्तर्गत एशियाली पूर्वाधार लगानी बैंकबाट दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता उपलब्ध हुने भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij