काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।
डीआईजी मनीष थापालाई बराह बाहिनी, सुनसरीमा खटाइएको छ भने डीआईजी पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
यसैगरी, बैद्यनाथ बाहिनी, कैलालीमा कार्यरत डीआईजी प्रदीप पाललाई सशस्त्र प्रहरीको प्रधान कार्यालयमा सरुवा गरिएको छ। उनको स्थानमा एसएसपी दिग्विजय सुवेदीलाई निमित्त बाहिनीपतिको जिम्मेवारी दिइएको छ।
त्यस्तै, डीआईजी विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी बलको सचिवालयमा जिम्मेवारी प्रदान गरिएको छ।
संगठनात्मक आवश्यकताअनुसार सरुवा गरिएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ।