काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य शुक्रबार बढेको छ । बिहीबार प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ, जुन ७ सय रुपैयाँले बढी हो। अघिल्लो बुधबार सुन २ लाख ७८ हजार रुपैयाँसम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ हजार ६४५ रुपैयाँमा पुगेको छ। गत बुधबार चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँसम्म पुगेर उच्चतम मूल्य कायम गरेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,६१५ अमेरिकी डलर र सोही परिमाणको चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।