२०८३ साउन १२ मंगलबार

कर छुटको सुविधा चैत मसान्तसम्म

ई आर्थिक    बिहिबार, माघ १ २०८२
1.9K
Shares
कर छुटको सुविधा चैत मसान्तसम्म

गण्डकी ।  पोखरा महानगरपालिकाको १८औँ नगर सभाले पुस मसान्तसम्मका लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।

राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगर सभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनु पर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिनुु भयो ।

सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर छुटको समयलाई चैत मसान्तसम्म बढाइएको उहाँले बताउनुु भयो ।

यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका भन्दै उक्त छुटको समयावधि बढाउन वडा १३ का वडाध्यक्ष किरण बरालले ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij