२०८३ असोज १ बिहिबार

अमेरिका भेनेजुएलाको तेल बिक्रीमा प्रवेश, ५० करोड डलरबराबरको तेल बजारमा

ई आर्थिक    बिहिबार, माघ १ २०८२
1.5K
Shares
अमेरिका भेनेजुएलाको तेल बिक्रीमा प्रवेश, ५० करोड डलरबराबरको तेल बजारमा

काठमाडौं । अमेरिकाले भेनेजुएलाबाट कब्जा गरेको कच्चा तेलको बिक्री औपचारिक रूपमा सुरु गरेको छ। पहिलो लटमा करिब ५० करोड डलर बराबरको तेल अमेरिकी बजारमा ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

जनवरीमा गरिएको सैन्य कारबाहीपछि राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर अमेरिकामा राखिएको छ। अमेरिकाले भेनेजुएलाको तेल भण्डारमा पूर्ण नियन्त्रण कायम गरेको छ र तेल उत्खनन अमेरिकी कम्पनीमार्फत मात्र हुने घोषणा भइसकेको छ।

ट्रम्प प्रशासनका अनुसार, यस लगानीबाट विश्व बजारमा तेलको आपूर्ति बढ्ने र मूल्यमा केही गिरावट आउने अपेक्षा गरिएको छ। ट्रम्पले अमेरिकी कम्पनीहरू भेनेजुएलाको ऊर्जा क्षेत्र पुनर्जीवित गर्न कम्तीमा १ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij