काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्पताल भर्ना भएका छन् ।
प्रधानन्यायाधीश राउत ३ दिनदेखि अस्वस्थ भएकाले बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल (सशस्त्र अस्पताल) मा उपचाररत छन्।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार, राउत गत सोमबार उक्त अस्पताल भर्ना भएका थिए।
उनलाई ज्वरो र पेट दुख्ने समस्या आएसंगै चिकित्सकीय निगरानीमा रहँदै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दियो ।