२०८३ साउन ९ शनिबार

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ नागरिक पक्राउ

ई आर्थिक    बुधबार, पौस ३० २०८२
2.8K
Shares
अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ नागरिक पक्राउ

ई–आर्थिक, काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेका सात जना चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भइरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलबाट इन्टरनेटको प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गरिँदै आएको खुलेको ब्युरोले जनाएको छ। सो क्रममा कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरणसमेत बरामद गरिएको छ।

पक्राउ परेका सातै जना चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij