२०८३ साउन १२ मंगलबार

प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना लिइदै

ई आर्थिक    बिहिबार, पौस २४ २०८२
3.8K
Shares
प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना लिइदै

ई–आर्थिक, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने तयारी गरेको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन सक्नेछन्। साथै, २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरीमा आवेदन दिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ।

यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरेका व्यक्तिहरू तथा विदेशी फौजमा काम गरेको अनुभव भएकाहरूलाई पनि यसपटक प्राथमिकता दिइने जनाइएको छ।

शारीरिक मापदण्डअनुसार पुरुष आवेदकको न्यूनतम उचाइ ५ फिट इञ्च र महिलाको हकमा ४ फिट १० इञ्च हुनुपर्नेछ। महिलाका लागि गर्भवती नभएको अनिवार्य प्रावधानसमेत राखिएको छ।

आवेदकहरूको छनोट माघ ९ गतेभित्र सम्पन्न गरिने र छनोटमा परेकाहरूको प्रशिक्षण माघ १५ गतेदेखि सुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij