२०८३ साउन ९ शनिबार

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

ई आर्थिक    मंगलबार, पौस २२ २०८२
1.6K
Shares
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङ । नेपाल प्रहरीले स्रोत नखुलेको नगद सहित एक जना पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखेलको नगद ३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ सहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij