२०८३ साउन १२ मंगलबार

रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण शेयर बाँडफाँट

ई आर्थिक    शुक्रबार, पौस १८ २०८२
3.7K
Shares
रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण शेयर बाँडफाँट

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्क लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको आईपीओ शुक्रवार बाँडफाँट गरेको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ। १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने १८ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आईपीओ बिक्री गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij