२०८३ साउन १२ मंगलबार

नीतिगत सुधारले नेपालको आइटी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनायो: गभर्नर प्रा. डा पौडेल

ई आर्थिक    मंगलबार, पौस १५ २०८२
2.7K
Shares
नीतिगत सुधारले नेपालको आइटी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनायो:  गभर्नर प्रा. डा पौडेल

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले हालैका नीतिगत सुधारहरूले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा उल्लेखनीय प्रगतिमा योगदान गरेको बताएका छन्। उनले विगत केही वर्षमा कम्पनी दर्ता प्रक्रिया सहज बनाउने, प्रत्यक्ष वैदेशिक लगानी (FDI) को सीमा संशोधन गर्ने र कर संरचना विश्वसनीय बनाउने सुधारपछि आइटी कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए।

उनका अनुसार दुई वर्षअघि करिब ४० वटा आइटी कम्पनी दर्ता भएका थिए भने एक वर्षअघिसम्म करिब ४०० कम्पनी दर्ता भइसकेका छन्। गभर्नर पौडेलले निर्यात नगरेका कम्पनीलाई पनि विदेशमा २० हजार अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिइएको र निर्यातकर्ता कम्पनीलाई एक मिलियन अमेरिकी डलरसम्म लगानी गर्न सकिने व्यवस्था भएको बताए।

वैदेशिक लगानीकर्ताले नाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको उनले बताए। सन् २०२१ सम्म नेपालमा वैदेशिक लगानीमा प्रतिबन्ध रहेको अवस्थामा यी सुधारहरू निकै महत्वका रहेका छन्।

अन्त्यमा उनले युवाहरूसँग आत्मविश्वासका साथ नयाँ उत्पादन विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न आग्रह गरे। “ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, पखेटा फैलाउनुस्, मेहनत गर्नुस्। नेपालबाटै जित्न संसार सम्भव छ,” उनले भने। गभर्नरले बैंकिङ क्षेत्रले स्टार्टअप र उद्यमीहरूको विस्तारमा सदैव साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij