बुटवल। हायात प्लेस बुटवलले सञ्चालनको दुई महिनामै पाएको अपार लोकप्रियता र सकारात्मक प्रतिक्रियाले व्यवस्थापनलाई उत्साहित बनाएको छ। प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनौठो संगम रहेको लोकेसनमा पाहुनाहरूको बढ्दो आकर्षणले बुटवललाई नयाँ पर्यटन गन्तव्यको रूपमा स्थापित गरेको छ।
होटेलले जनाएको छ, पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ अनुभवहरूको केन्द्रविन्दुमा रहेको बुटवलले आजका आधुनिक यात्रुहरूको आवश्यकता र चाहनालाई पूर्ण रूपमा समेट्न सक्षम भएको छ। साथै, काठमाडौँबाट छोटो हवाई दूरीमा र पोखरा, चितवन तथा लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट सहज पहुँचको कारण यहाँको यात्रा अनुभव अझै आकर्षक भएको छ।
व्यवस्थापनका अनुसार, “हायात प्लेस बुटवल यात्रा र गन्तव्यको बीचको संगम स्थल (The Place Inbetween) बन्न सफल भएकोमा हामी अत्यन्तै उत्साहित छौं। आराम र अर्थपूर्ण अनुभवको खोजीमा रहनुभएका सम्पूर्ण यात्रुहरूका लागि हामी सधैं पहिलो रोजाइको गन्तव्य बन्न आतुर छौं।”
होटेलले आगामी वर्षहरूमा पनि यहाँ आउने पाहुनाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।