२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

ई आर्थिक    आइतबार, पौस १३ २०८२
2.2K
Shares
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका ३० वर्षीय सरोज पोख्रेल र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा भिमेश्वर नगरपालिका-७ घर भएका ४९ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।

पक्राउ मध्ये ममताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ, सरोजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र डम्बर बहादुले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ममतालाई चन्द्रागिरी नगरपालिका-४ बाट र सरोजलाई गोदावरी नगरपालिका-१४ बाट बिहीबार तथा डम्बर बहादुरलाई गोकर्णश्वर नगरपालिका-९ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij