२०८३ साउन १० आइतबार

ऐतिहासिक रेकर्डबाट सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, पौस १० २०८२
1.5K
Shares
ऐतिहासिक रेकर्डबाट सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्ला दिनहरूमा लगातार बढ्दै गएको मूल्य आज ऐतिहासिक उच्च विन्दुबाट तल झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर मानिएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्तिको प्रभावका कारण मूल्यमा यस्तो परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij