२०८३ साउन ११ सोमबार

वीरगञ्ज नाका हुँदै ३९ अर्ब ९७ करोड रुपैयाँबराबरको सामान निर्यात

ई आर्थिक    बिहिबार, पौस १० २०८२
1.7K
Shares
वीरगञ्ज नाका हुँदै ३९ अर्ब ९७ करोड रुपैयाँबराबरको सामान निर्यात

वीरगञ्ज ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान निर्यात भएको छ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो।

जब कि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए।

चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ। त्यस्तै तीन अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस निर्यात भयो।

दुई अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ। त्यस्तै एक अर्ब ५० करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij