२०८३ असोज १ बिहिबार

काँकरभिट्टाबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात, निर्यात घट्यो

ई आर्थिक    मंगलबार, पौस ८ २०८२
2.7K
Shares
काँकरभिट्टाबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात, निर्यात घट्यो

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले आयात बढेको हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ।

पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिंकर, शृंगारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा आयात-निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij