२०८३ साउन १२ मंगलबार

सुनको मूल्य घट्दा चाँदीको मूल्यले बनायो हालसम्मै उच्च कीर्तिमान

ई आर्थिक    आइतबार, पौस ६ २०८२
3.6K
Shares
सुनको मूल्य घट्दा चाँदीको मूल्यले बनायो हालसम्मै उच्च कीर्तिमान

काठमाडौं।  नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो। शुक्रबार सुन २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

यसअघि मंसिर २९ गते सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

यता, चाँदीको मूल्यले भने नेपाली बजारमा नयाँ इतिहास बनाएको छ। आज प्रतितोला चाँदी ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।

यसअघि पुस २ गते चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भई कीर्तिमान कायम भएको थियो, जुन आज तोडिएको हो। शुक्रबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। शुक्रबार चाँदी ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij