२०८३ साउन १२ मंगलबार

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सय भन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

ई आर्थिक    आइतबार, पौस ६ २०८२
4.5K
Shares
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सय भन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ ।

पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा बिहान १० बजेदेखि ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।


शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श र औषधी लिएर लाभ लिनुभयो । स्वास्थ्य जाँचका क्रममा धेरै जना जेष्ठ नागरिकमा उच्च रक्तचापजस्ता रोगहरु रहेको चिकित्सकहरुले बताउनुभयो ।
शिविरमा डा संकल्प केसी, डा अनिल पोखरेललगायतले स्वास्थ्य जाँच तथा परामर्श दिुनभएको थियो ।

पुस्तान्तरण नेपाल नेपालका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । काठमाडौं उपत्यकाबाहिर पुस्तान्तरण नेपालको यो पहिलो स्वास्थ्य शिविर हो । यसअघि संस्थाले गत वैशाख १३ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा ९ स्थित सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६० वर्ष भन्दामाथिका ६० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दै लाभ लिनुभएको थियो । त्यसैगरी कीर्तिपुर नगरपालिकाको वडा नं ६ चारघरेमा कात्तिक २९ गते भएको शिविरमा १०० जना जेष्ठ नागरिकले सेवा लिनुभएको थियो । पुस्तान्तरण नेपालले काठमाडौंको शंखपार्क, ललितपुरको युएनपार्क र बुढानिलकण्ठको बुढानिलकण्ठ मन्दिर परिसरमा पनि यस्तो शिविर सम्पन्न गरिसकेको छ ।

सम्मानित बुढ्यौली निर्माणको लागि कार्यरत संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गरिरहेको छ । ्भ

विष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनको लागि ज्येष्ठ नागरिक भिलेजसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । पुस्तान्तरण नेपालका सदस्य तथा उनीहरुका परिवारले पुस्तान्तरण नेपालसँग सम्झौता भएका अस्पतालमा सेवा प्राप्त गर्नको लागि छुट पाउनुका साथै झण्झटरहित सेवा प्राप्त गर्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij