ई- आर्थिक, काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी गरिएको छ।
बीमा प्राधिकरणका अनुसार गत असोज १८ यता परेको प्राकृतिक विपत्तिका कारण निर्जीवन बीमा कम्पनीहरूमा ७९० वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका थिए।
करिब ४ अर्ब १८ करोड रुपैयाँ बराबरका दाबीमध्ये ९६ वटा दाबीको भुक्तानी सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै दाबी सम्पत्ति बीमातर्फ परेको छ। त्यस्तै कृषि, इन्जिनियरिङ, मोटर तथा सामुद्रिक बीमातर्फका केही दाबीको भुक्तानी गरिएको भए पनि सार्वजनिक सवारी र लघुबीमातर्फका दाबीको प्रक्रिया अझै सुरु नभएको प्राधिकरणले जानकारी दिएको छ।