२०८३ असोज १ बिहिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, पौस ४ २०८२
2.4K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार २ हजार रुपैयाँले घटेको हो। यसअघि मंसिर २९ गते सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्यमा पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार हुँदै कीर्तिमान बनाएको चाँदी शुक्रबार ७५ रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij