२०८३ भाद्र ३० मंगलबार

अविरल वर्षा, बाढी–पहिरोबाट निर्जीवन बीमा कम्पनीमा ७८१ दाबी दर्ता, क्षति अनुमान ४ अर्बभन्दा बढी

ई आर्थिक    बुधबार, मंसिर २४ २०८२
3K
Shares
अविरल वर्षा, बाढी–पहिरोबाट निर्जीवन बीमा कम्पनीमा ७८१ दाबी दर्ता, क्षति अनुमान ४ अर्बभन्दा बढी

ई-आर्थिक, काठमाडौं । असोज १८ गतेदेखि देशभर परेको लगातार वर्षा, बाढी र पहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूमा ७८१ दाबी दर्ता भएका छन्। प्रारम्भिक अनुमान अनुसार  यी दाबीहरूको कुल क्षति करिब ४ अर्ब ४ करोड रुपैयाँ बराबर रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिँदै हालसम्म ६७ दाबीमा करिब १ करोड ८८ लाख रुपैयाँका दाबी भुक्तानी भइसकेको बताए। उनको भनाइअनुसार बाँकी दाबीहरूको मूल्यांकन र भुक्तानी प्रक्रिया तीव्र गतिमा भइरहेको छ।

१३ निर्जीवन र २ लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त तथ्यांकअनुसार सम्पत्ति बीमामा मात्रै ४१० दाबी दर्ता भएका छन्, जसको अनुमानित क्षति करिब ३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ रहेको छ। तीमध्ये २० दाबीमा करिब ८३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ दाबी दर्ता भएका छन्। यी दाबीको अनुमानित क्षति करिब ५० करोड ३७ लाख पुगेको छ र हालसम्म ६ दाबीमा करिब २ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

कृषि तथा बाली बीमामा २१० दाबी दर्ता भएका छन्। करिब ४ करोड १४ लाख क्षतिको अनुमानबीच ३१ दाबीमा करिब १३ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

मोटर बीमा (निजी) तर्फ ४० दाबी दर्ता भएका छन्। करिब ३ करोड रुपैयाँ क्षतिको अनुमान मध्ये ९ दाबीमा करिब ८७ लाख रुपैयाँ भुक्तानी भएको छ।

सामुद्रिक बीमामा ३ दाबी दर्ता भएका छन्, जसको अनुमानित क्षति करिब १० लाख रुपैयाँ छ। तीमध्ये १ दाबीमा करिब ३ लाख रुपैयाँ भुक्तानी भएको छ।

मोटर बीमा (सार्वजनिक) मा १० दाबी दर्ता हुन पुगेका छन्। करिब १ करोड ८ लाख क्षतिको अनुमानबीच भुक्तानी प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ। लघु बीमातर्फ दर्ता भएका २ दाबीका करिब १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij