२०८३ साउन ९ शनिबार

‘नयाँ अमेरिकी सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार गरेको छ’

ई आर्थिक    मंगलबार, मंसिर २३ २०८२
2.7K
Shares
‘नयाँ अमेरिकी सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार गरेको छ’

मस्को। रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि दुई पक्षबिच साझा आधार प्रस्तुत गरेको बताएको छ ।

पत्रकारसँगको साक्षात्कारमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रणनीतिले अमेरिकी हितको दृढतापूर्वक रक्षा गर्दै यसले वार्ता र आपसी समझदारीको खोजीका लागि पनि पर्याप्त आधार तय गरेको जनाउनु भएको छ ।

रणनीतिले युक्रेनी सङ्कटसँग सम्बन्धित धेरै प्रावधानले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारका रूपमा काम गर्न सक्नेसमेत उहाँले बताउनु भएको छ ।

यस अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा भएका संशोधन धेरै हदसम्म मस्कोको दृष्टिकोणसँग मेल खाएको उल्लेख गर्दै उसले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्भावना बढाएको बताउनु भएको थियो । रासस/क्युएनए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij