२०८३ साउन १२ मंगलबार

सुन मूल्य प्रतितोला दुई सयले सस्तियो, चाँदी ५० रुपैयाँले बढ्यो

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
2.9K
Shares
सुन मूल्य प्रतितोला  दुई सयले सस्तियो, चाँदी ५० रुपैयाँले बढ्यो

काठमाडौं। देशभर आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला रु २,५२,२०० मा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला रु २,५२,४०० मा कारोबार भएको सुन आज रु २०० ले सस्तिएको हो।

यद्यपि सुनको मूल्य गत असोज ३१ गते प्रतितोला रु २,५८,००० पुगेको थियो, जुन इतिहासकै उच्च दर मानिन्छ।

उता, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु ३,५५५ मा कारोबार भएको चाँदी आइतबार बढेर रु ३,६०५ मा पुगेको महासंघले जनाएको छ।

यसअघि मंसिर १७ गते चाँदी प्रतितोला रु ३,६५५ मा पुगेको थियो, जुन अहिलेसम्मकै उच्च दर हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij