२०८३ असोज १ बिहिबार

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, मंसिर १८ २०८२
2.8K
Shares
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य कमी देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ। यो मूल्य हिजो (बुधबार) को तुलनामा ८०० रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको दर पनि घटेर आज प्रतितोला ३ हजार ६२५ रुपैयाँ कायम गरिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र आन्तरिक कारोबारको अवस्था अनुसार नेपालमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij