२०८३ साउन ९ शनिबार

वीरगञ्ज नाकाबाट पाँच अर्ब ८९ करोडका १६ थरिका खाद्यवस्तु आयात

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
2.5K
Shares
वीरगञ्ज नाकाबाट पाँच अर्ब ८९ करोडका १६ थरिका खाद्यवस्तु आयात

वीरगञ्ज।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, एक अर्ब ६ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij