२०८३ साउन १० आइतबार

गाेरेटाे एजुनेशनल कन्सलटेन्सीद्वारा आयाेजित ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न

ई आर्थिक    सोमबार, मंसिर १५ २०८२
1.9K
Shares
गाेरेटाे एजुनेशनल कन्सलटेन्सीद्वारा आयाेजित ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न

काठमाडौं ।  क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे गाेरेटाे एजुनेशनल कन्सलटेन्सीद्वारा आयाेजित ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न भएको छ।आइतबार नँया बानेश्वरस्थित केन्द्रिय कार्यालयमा क्यानाडियन ईन्स्टिच्युट मिटमा विद्यार्थीले क्यानडा अध्ययनबारे जानकारी लिएका हुन्।

नाेबेम्बर ३० तारिखका दिन संस्थाले आयोजना गरेकाे यस मिटमा क्यानडाको भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण जानकारी विश्वविद्यालय र कलेजका प्रतिनिधिबाट प्रत्यक्ष रुपमा परामर्श प्रदान गरिएकाे गाेरेटाे एजुनेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए।

प्रबन्ध निर्देशक कंडेलका अनुसार यस मिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान लिने अवसर प्रदान गरेकाे छ। एजुकेशन मिटलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रुपमा लिनसक्ने कंडेलको भनाइ छ।

फेयरमा विद्यार्थीले क्यानडाका सिमाेन फ्रासर (एसएफयु) युनिभर्सिटि, ट्रेन्ट युनिभर्सिटि, बाे भ्याली कलेज, नर्थ स्ल्यान्ड कलेज, काेलम्बिया कलेज लगायतका १४ भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट क्यानडा अध्ययनबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए। यस मिटमा ५ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

यस एजुकेशन मिटमा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिनुका साथै विद्यार्थीहरुलाई आकर्षक गिफ्ट हाम्परको पनि व्यवस्था गरिएको थियो।

क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग भेट गराई महत्पूर्ण ज्ञान र अवसर प्रदान गर्दै क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यका साथ यस मिटको आयोजना गरिएको गाेरेटाे एजुकेशनका संयाेजक प्रकाश रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij