२०८३ साउन १२ मंगलबार

चार महिनामा ५५ अर्बले बढ्यो सार्वजनिक ऋण, कुल दायित्व २७ खर्ब नाघ्यो

ई आर्थिक    बुधबार, मंसिर १० २०८२
2.6K
Shares
चार महिनामा ५५ अर्बले बढ्यो सार्वजनिक ऋण, कुल दायित्व २७ खर्ब नाघ्यो

ई-आर्थिक, काठमाडौं ।   चालु आर्थिक वर्ष २०७२/८३ को पहिलो चार महिनामा सरकारले ५५ अर्ब ३६ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको छ। कात्तिक मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ, जुन अनुमानित जीडीपीको करिब ४४.६९ प्रतिशत हो।

सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा ५३.२५ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.७५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस अवधिसम्म आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाह्य १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ तिर्न बाँकी छ।

यस वर्ष ५ खर्ब ९५ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड मात्रै जुटेको कार्यालयले बताएको छ, जुन वार्षिक लक्ष्यको २३.२९ प्रतिशत हो। आन्तरिक ऋण प्राप्ति ३३.१५ प्रतिशत र बाह्य ऋण ८.०३ प्रतिशत मात्र पुगेको छ।

पहिलो चार महिनामा ऋण सेवा खर्च १ खर्ब ५० अर्ब ८८ करोड रहेको छ, जसमा आन्तरिक ऋण भुक्तानी ठूलो हिस्सा छ। कुल ऋण सेवा खर्च जीडीपीको करिब २.४७ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij