२०८३ असोज १ बिहिबार

सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    बुधबार, मंसिर १० २०८२
2.1K
Shares
सुनको मूल्य प्रतितोला ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ ।  नेपाली बजारमा  सुनको मूल्य बुधबार थप ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दियो। मंगलबार सुन  ५ हजार २ सय रुपैयाँले बढेर  प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो

सप्ताहको सुरुवातमा मूल्यमा उतार–चढाव देखिएको छ। आइतबार २ हजार ९ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको सुन सोमबार भने १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा झरेको थियो।

यस्तै, मंगलबार ३ हजार २ सय रुपैयाँमा रहेको चाँदीको मूल्य बुधबार २० रुपैयाँ बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन इतिहासमै पुगेको उच्च मूल्य मानिन्छ। सोही दिन चाँदी पनि प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij