काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा आज प्रतितोला ५ हजार २०० रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
सोमबार सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
साता सुरु भएको आइतबार पनि सुनको मूल्यमा वृद्धि देखिएको थियो, जसअन्तर्गत आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसरी एकैदिन चाँदीको मूल्य ८५ रुपैयाँले बढेको हो।