२०८३ असोज १ बिहिबार

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    सोमबार, मंसिर ८ २०८२
2.6K
Shares
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम छ ।  अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरतासँगै नेपाली बजारमा समेत सुनचाँदीको मूल्यमा उतार–चढाव जारी भएको हो । आइतबार उल्लेख्य रूपमा बढेको सुनको मूल्य आज सोमबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा पुगेको छापावाला सुन सोमबार १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि हल्का गिरावट देखिएको छ। आइतबार प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार १ सय १५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

यसअघि असोज ३१ गते सुन–चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij