२०८३ असोज १ बिहिबार

सुनको मूल्य प्रतितोला २ हजार ९ सयले वृद्धी, २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
950
Shares
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले वृद्धी, २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार

ई-आर्थिक, काठमाडौं । नेपालीमा बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कामय रहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा करिब २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो, जब सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भइसकेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार यो मूल्य ३ हजार १ सय रुपैयाँमा थियो।

गत असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यही दिन चाँदीको मूल्य पनि ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा पुगेर उच्चतम रेकर्ड बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij