२०८३ साउन ९ शनिबार

सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    मंगलबार, मंसिर २ २०८२
3.6K
Shares
सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

एकै दिनमा सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि ६५ रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सोही सुन २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीतर्फ पनि गिरावट देखिएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा झरेको छ, जुन सोमबारको ३ हजार १५५ रुपैयाँको तुलनामा ६५ रुपैयाँ कम हो।

धातुको मूल्य लगातार उतार–चढाव भइरहेकाले उपभोक्ता र व्यापारी दुवै सतर्क बनेका छन्।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्य तथा माग–आपूर्तिको प्रभावले निकट भबिष्यमा पनि दरमा उतारचढाव जारी रहने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij