काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघिको कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि कमी देखिएको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ३ हजार १ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँ थियो।
सुन–चाँदीको मूल्यमा आएको निरन्तर उतार–चढावका कारण कारोबार तथा लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ।