२०८३ असोज ३ शनिबार

प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण, २ मन्त्रीको बाँकी

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८२
4.4K
Shares
प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण, २ मन्त्रीको बाँकी

ई-आर्थिक, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ८ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतमले अझै सम्पत्ति विवरण बुझाउन बाँकी छ।

सम्पत्ति विवरण बुझाउने मन्त्रीमध्ये प्रधानमन्त्री सुशीला कार्की, अर्थ मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेका छन्।

प्रधानमन्त्री कार्यालयले बाँकी रहेका मन्त्रीहरूलाई छिट्टै सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij