२०८३ साउन ११ सोमबार

समृद्धि फाइनान्सले २४औं वार्षिकोत्सव मनायो, पोखरा फाइनान्ससंग मर्जरको प्रक्रियामा

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८२
4.2K
Shares
समृद्धि फाइनान्सले २४औं वार्षिकोत्सव मनायो, पोखरा फाइनान्ससंग मर्जरको प्रक्रियामा

ई-आर्थिक, काठमाडौं ।  समृद्धि फाइनान्स लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव आज उत्साहपूर्वक मनाएको छ। कात्तिक २५ गते आयोजित विशेष समारोहमा संस्थाका व्यवस्थापन सदस्य, कर्मचारी तथा ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा संस्थाको २४ वर्षको यात्रा, सेवा विस्तार तथा ग्राहकप्रति समर्पणको चर्चा गरिएको थियो। सबै शाखाहरूमा केक काटी वार्षिकोत्सव मनाइँदा कर्मचारी र बचतकर्ताहरूले संयुक्त रूपमा संस्थाको निरन्तर प्रगतिप्रति खुसी व्यक्त गरेका थिए।

समृद्धि फाइनान्सले हाल देशभरका १३ शाखामार्फत नगद कारोवार, आरटीजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड लगायतका डिजिटल सेवा निःशुल्क उपलब्ध गराउँदै आएको फाइनान्सले ग्राहकमैत्री सेवा विस्तारमा जोड दिएको छ।

यस अवसरमा संस्थाले आगामी दिनमा अझ सुदृढ सेवा, नवीन प्रविधिको उपयोग र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। साथै, समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक आपसमा गाभिने प्रक्रियामा रहेको जानकारी पनि सार्वजनिक गरिएको छ।

संस्थाले २४ वर्षको यात्रामा विश्वास, पारदर्शिता र जिम्मेवार वित्तीय सेवाको परम्परालाई निरन्तरता दिँदै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij