ई-आर्थिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत असोज ७ र ८ गते सञ्चालन भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ७६ हजार ३६७ जनाले परीक्षा पास गरेका छन् भने ४ जनाको नतिजा रद्द गरिएको छ।
यसअघि कक्षा १२ को परीक्षामा नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।
