२०८३ असोज १ बिहिबार

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, २६ अर्ब ५९ करोड मूल्यबराबरका सामान निर्यात

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०८२
4.5K
Shares
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, २६ अर्ब ५९ करोड मूल्यबराबरका सामान निर्यात

पर्सा।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्यबराबरका सामान निर्यात भएका छन्। गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए।

चालु आवको तीन महिनामा १३ अर्ब ९८ करोड मूल्यका ६ करोड ७१ लाख ३ हजार ३ सय ८ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ।

यसैगरी, चालु आवको तीन महिनामा दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ।

साथै एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल, ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij