२०८३ साउन १० आइतबार

क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८२
2.9K
Shares
क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

झापा ।  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत  छन् ।

उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु. एक अर्ब ५१ करोड ८१ लाख, चिया रु. ७५ करोड ६६ लाख, प्लाइउड रु. २७ करोड ७४ लाख, भेनियर रु. २७ करोड २८ लाख, अम्लिसो रु. १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ ।

त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु. ११ करोड ९० लाख, ताजा तरकारी रु. नौ करोड ४७ लाख, जडीबुटी रु. एक करोड २४ लाख, मसुरो दाल रु. सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु. एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत छन् ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु. छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु. तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ ।

त्यसैगरी, ताजा फलफूल रु. २३ करोड ६७ लाख, लसुन रु. १७ करोड ९९ लाख, आलु रु. ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij