२०८३ साउन ९ शनिबार

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’-ट्रम्प

ई आर्थिक    सोमबार, कार्तिक १० २०८२
2.7K
Shares
रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’-ट्रम्प

राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने थियो, तर अब चाँडै चौथो वर्षमा प्रवेश गर्न लागेको छ । मिसाइल परीक्षण गर्नुको सट्टा उहाँले शान्तिको बाटो रोज्नुपर्छ ।”

रुसी राष्ट्रपति पुटिनले आइतबार ‘ब्युरेभेस्टनिक’ नामक आणविक-सञ्चालित क्रुज मिसाइलको अन्तिम सफल परीक्षण सम्पन्न भएको घोषणा गर्नु भएको थियो । सो मिसाइलको दायरा ‘असीमित’ रहेको दाबी उहाँले गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पले यसअघि ह्वाइट हाउसमा पुनः पदभार सम्हालेपछि युक्रेनमा भइरहेको युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

तर, अमेरिकी राष्ट्रपतिको मध्यस्थता प्रयासका बावजुद मस्को र किएभबीचको वार्ता हाल पूर्णरूपमा रोकिएको छ । यसबिच, रुसी सेना विस्तारै तर स्थिररूपमा युक्रेनमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन् । किएभ पक्ष भने लामो र महँगो युद्धको बोझ वहन गर्दै कठिन रक्षात्मक मोर्चामा अडिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले भन्नुभयो, “विश्वलाई स्थायित्व चाहिएको हो, प्रतिस्पर्धात्मक शस्त्र परीक्षण होइन । अब सबै देशले संयमता अपनाउनुपर्छ ।” रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij