२०८३ साउन ९ शनिबार

तिहारपछिको पहिलो कारोबारमा सुन प्रतितोला ११ हजार ६सयले सस्तियो, चाँदीमा २६५ रुपैयाँको गिरावट

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८२
4.8K
Shares
तिहारपछिको पहिलो कारोबारमा सुन प्रतितोला ११ हजार ६सयले सस्तियो, चाँदीमा २६५ रुपैयाँको गिरावट

ई-आर्थिक, काठमाडौं । तिहार सकिएलगत्तै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। आज आइतबार, सुन प्रतितोला ११ हजार ६०० रुपैयाँ र चाँदी २६५ रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। गत कार्तिक ३ गते सोमबार सोही सुनको मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको दर घटेपछि त्यसको सीधा असर नेपाली बजारमा परेको बताइएको छ।

त्यस्तै, चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा २६५ रुपैयाँ कम हो।

तिहारपछि खुलेको बजारमा एकैपटक यस्तो गिरावट देखिनु पछिल्लो समयको सबैभन्दा ठूलो परिवर्तन मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij