२०८३ साउन १२ मंगलबार

कोप–३० का लागि तयारी तीव्र, नेपालले नौ एजेण्डा प्रस्तुत गर्ने

ई आर्थिक    शुक्रबार, कार्तिक ७ २०८२
4.3K
Shares
कोप–३० का लागि  तयारी तीव्र, नेपालले  नौ एजेण्डा प्रस्तुत गर्ने

ई-आर्थिक, काठमाडौं ।  आगामी नोभेम्बर १० देखि २१ तारिखसम्म (कात्तिक २४–मङ्सिर ५) ब्राजिलको बेलेममा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी तीव्र पारेको छ। वन तथा वातावरण मन्त्रालयले सरकारी, गैरसरकारी र विकास साझेदारसँग बैठक गर्दै राष्ट्रिय स्थिति पत्रको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ।

नेपालले ‘सगरमाथा संवाद’का निष्कर्षसहित हिमाल संरक्षण, जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र जलवायु न्यायका विषय सम्मेलनमा प्रमुख एजेन्डा बनाउने तयारी गरेको छ। सहसचिव डा. महेश्वर ढकालका अनुसार नेपालले पछिल्ला वर्षका जलवायुजन्य क्षतिका उदाहरण प्रस्तुत गर्नेछ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का विश्लेषक दिपक केसीले नेपालजस्ता प्रभावित मुलुकले हानिनोक्सानी क्षतिपूर्तिका लागि विश्वव्यापी दबाब बढाउनुपर्ने बताएका छन्।

यस पटक नेपालबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा मन्त्रीस्तरीय सहभागिता हुने भएको छ। यसअघि नेपालले पाँच पटक राष्ट्र वा सरकार प्रमुखस्तरबाट कोप सम्मेलनमा सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij