२०८३ साउन ९ शनिबार

करिब १ सय २८ किलो गाँजा सहित तीन जना पक्राउ

ई आर्थिक    बुधबार, कार्तिक ५ २०८२
2.9K
Shares
करिब १ सय २८ किलो गाँजा सहित तीन जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो १५ ग्राम सहित भारत सुपौल तिरगंज ग्राम बस्ने २० वर्षीय मोहमद ईम्तियाज मियालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सिटिमा सवार मियालाई पक्राउ गरेको हो । हाल फरार सिटि चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाही, कौडेना गाउँपालिका-२ फूलपरासीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम सहित सोही गाउँपालिका-१ सुन्दरपुर बस्ने ३० वर्षीय लोजा बैठा समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सुखचैनाबाट फूलपरासीतर्फ जाँदै गरेको बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij