२०८३ भाद्र ३१ बुधबार

जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनेई ताकाइची निर्वाचित

ई आर्थिक    मंगलबार, कार्तिक ४ २०८२
6.7K
Shares
जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनेई ताकाइची निर्वाचित

टोकियो । सनेई ताकाइची जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित भएकी छन्। संसद्को तल्लो सदनमा भएको मतदानमा बहुमत प्राप्त गर्दै उनी देशको प्रधानमन्त्री बन्न सफल भएकी हुन्।

४६५ सदस्यीय तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा ताकाइचीले २३७ मत प्राप्त गरेकी हुन्। उनी सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की नेतृ हुन् र पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्यको रूपमा चिनिन्छिन्।

यसअघि एलडिपी र दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीबीचको सहकार्य टुटेपछि ताकाइचीको प्रधानमन्त्री पदतर्फको यात्रा केही समय रोकिएको थियो। तर, एलडिपीले सुधारवादी दक्षिणपन्थी विपक्षी दल जापान इनोभेसन पार्टी (जेआईपी) सँग नयाँ गठबन्धन बनाउने तयारी गरेसँगै ताकाइचीको उम्मेदवारी पुनः सशक्त बनेको थियो।

गठबन्धनको सहमति र राजनीतिक घटनाक्रम

क्योडो न्यूज र योमियुरी सिम्बुनका अनुसार, एलडिपी नेतृ ताकाइची र जेआईपीका नेतृ हिरोफुमी योशिमुराबीच सोमबार भएको छलफलपछि गठबन्धन सम्झौता नजिकिएको थियो। गठबन्धनका प्रमुख शर्तहरूमा उपभोग कर घटाउने, कर्पोरेट चन्दा हटाउने र संसद् सदस्यको संख्या घटाउने प्रस्तावहरू समावेश थिए। यी शर्तहरू एलडिपीले स्वीकार गर्दै गठबन्धनको बाटो खुला बनाएको हो।

दुवै दल संयुक्त रूपमा तल्लो सदनमा पूर्ण बहुमत नजिक भए पनि अन्य केही सांसदहरूको समर्थन जुटाउँदै ताकाइचीले प्रधानमन्त्रीमा निर्वाचित हुने सुनिश्चित गरेकी हुन्। यदि मतदान दोस्रो चरणमा पुगेको भए पनि उनको जित सुनिश्चित हुने अनुमान गरिएको थियो।

ताकाइचीको निर्वाचनले जापानमा पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचिएको छ। यो परिवर्तन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणभन्दा केही दिनअघि भएको हो। ट्रम्प एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान भ्रमणमा आउने तय भएको छ।

सहमति अनुसार, जेआईपीले मन्त्री पद नलिने भए पनि पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकार सरकारमा समावेश गरिने योजना छ। तर, अन्तिम निर्णयबारे केही अस्पष्टता रहेको र योशिमुरा स्वयं मन्त्री बन्ने वा क्याबिनेटबाहिरबाट सहयोग गर्ने भन्ने विषयमा निर्णय नटुंगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij