काठमाडौं । अमेरिकामा जारी विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन गएका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता सम्पन्न भएको छ।
बुधबार भएको उक्त भेटमा नेपालमा हाल सञ्चालनमा रहेका परियोजनाहरूको वर्तमान प्रगति, हासिल भएका उपलब्धिहरू तथा भोगिएका प्रमुख चुनौतीहरूबारे छलफल भएको जानकारी वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले दिएको छ।
भेटघाटका क्रममा नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ। नेपालले दिगो विकास र पूर्वाधार विस्तारका लागि ADB सँग निरन्तर सहकार्य गर्दै आइरहेको छ।
भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्यहरू तथा एशियाली विकास बैंकका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
सरकारी स्रोतका अनुसार बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको थियो र आगामी दिनमा सहयोगका क्षेत्रहरू अझ विस्तार गर्ने सहमति जनाइएको छ।