२०८३ साउन १२ मंगलबार

मालपोत कार्यालय धुलिखेलका खरिदार भण्डारीमाथि घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
2.5K
Shares
मालपोत कार्यालय धुलिखेलका खरिदार भण्डारीमाथि घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

ई-आर्थिक, काठमाडौं ।  मालपोत कार्यालय, धुलिखेल (काभ्रेपलाञ्चोक) मा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीमाथि घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, भण्डारीले काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागेका थिए।

उक्त सूचनाको आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि खरिदार भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले बिगो रकमसहित कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

यस प्रकरणले सरकारी सेवामा देखिएको घुसप्रथाविरुद्ध कडा कारबाहीको सन्देश दिन सहयोग पुग्ने आयोगको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij