२०८३ साउन १२ मंगलबार

धादिङमा २१९ किलो गाँजासहित दुई जना पक्राउ

ई आर्थिक    आइतबार, असोज २६ २०८२
3.5K
Shares
धादिङमा २१९ किलो गाँजासहित दुई जना पक्राउ

धादिङ ।  धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित खटौतीबाट करिब २ सय १९ किलो २१ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–४ का २८ वर्षीय दिननाथ यादव र कालिकामाई गाउँपालिका–१ का ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन्।

प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले आइतबार बिहान बीआर ०१ जिबी ८६५३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा गाडीको क्याबिन पछाडि फल्स बटन बनाइएको ढालामा लुकाई राखिएको अवस्थामा ३० बोरा गाँजा फेला पारेको हो।

गाँजा बरामद भएसँगै ट्रकमा सवार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीले बरामद गाँजा र ट्रक समेत आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij